मौसमः तराईका भू-भागहरुमा बाक्लो हुस्सु/कुहिरो, चिसो बाट बच्न सतर्कता अपनाउन अनुरोध


पुस ०६, काठमाडौं । तराइका भू-भागहरुमा बाक्लो हुस्सु/कुहिरो लागेको छ । हुस्सु/कुहिरोले हुने चिसोको प्रभाव बाट बच्न सतर्कता अपनाउन मौसम पूर्वानुमान शाखाले अनुरोध छ । भने पहाडि भू-भागमा मौसम सामान्यतया सफा रहेको शाखाले जनाएको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
पौष ६ गते (आइतवार)
दिउँसोः देशको पहाडी भू-भागमा आंशिक बदलिको अवस्था रहने छ भने वांकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
रातीः देशको पूर्वी तथा मध्य पहाडी भू-भागमा आंशिक बदलिको अवस्था रहने छ भने वांकि भू-भागमा मौसम समान्यतया सफा रहनेछ।
पौष ७ गते (सोमवार)
दिउँसोः देशको पूर्वी पहाडि भू-भागमा आंशिक बदलिको अवस्था रहने छ भने वांकि भू-भागमा मौसम समान्यतया सफा रहनेछ।
रातीः देशभर आन्शिक देखि सामान्य बदलिको अवस्था रहने छ ।
पौष ८ गते (मंगलवार)
दिउँसोः देशभर आंशिक देखि सामान्य बदलिको अवस्था रहने छ ।
रातीः देशको मध्य तथा पूर्वि भू-भागमा आंशिक देखि सामान्य बदलिको अवस्था रहनेछ ।
