कुखुरा व्यवसायी संघमा खनालको नेतृत्व

मंसिर १८, चितवन । आगामी तिन वर्षका लागि कुखुरा व्यवसायी संघ पूर्वी चितवनको नयाँ कार्यसमिति चयन भएको छ ।   

संघको बुधवार सम्पन्न छैंठौ वार्षिक साधारण सभा तथा चौँथो अधिवेशनमा हरिकृष्ण खनालको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।   

नवनिर्वाचित अध्यक्ष खनाल संघको संस्थापक अध्यक्ष समेत हुन् । संघको उपाध्यक्षमा राममणी पोखरेल, महासचिवमा पुरु खनाल, सचिवमा रामचन्द्र ढुवाडी, कोषाध्यक्षमा हरि अधिकारी चयन भएका छन् । त्यस्तै परशुराम अधिकारी, प्रकाशमणी सापकोटा, महेश पाण्डे, वुद्धिमान विक, कृष्ण सेढाई, अशोक पोख्रेल, अनुप विसुराल, मेघनाथ पौडेल, सुमन सुवेदी र अन्जना केसी सदस्यमा चयन भएको निर्वाचन समिति संयोजक ज्ञानवहादुर विसुरालले जानकारी दिए । 

संघको विधानमा एक निवर्तमान र एक जना विशिष्ट सदस्य हुने नियम छ, जसअनुसार क्रमशः भीमनारायण श्रेष्ठ र रघुनाथ भट्ट उक्त पदमा रहने छन् ।   

प्रदेश नं ३ का सांसद घनश्याम दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश नं ३ कि सांसद् कञ्चन खनाल, नेपाल पोल्ट्री महासंघका सचिव त्रिलोचन कँडेल, नेपाल अण्डा उत्पादक संघका केन्द्रीय अध्यक्ष शिवराम केसी, नेपाल कुखुरा व्यवसायी मञ्चका उपाध्यक्ष रघुनाथ भट्ट, नेपाल कुखुरा बजार व्यवस्थापन समिति उपाध्यक्ष निराजन खनाल, नेपाल कुखुरा अण्डा चल्ला वितरक संघका उपाध्यक्ष विनाद पोख्रेल, नेपाल किसान संघका अध्यक्ष झलक पौडेल, उद्योग वाणिज्य संघका राजाराम रेग्मी रत्ननगर नगरपालिकाका प्रवक्ता राजेन्द्र हमाल लगायतले मन्तव्य राखेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *