गढीमाई मेलामा ओइरिए लाखौँ श्रद्धालुहरू, सुरक्षाकर्मीलाई हम्मेहम्मे

बारा । बलीका लागि प्रसिद्ध गढीमाई पञ्चवर्षीय मेलामा मंगलबार १५ लाखभन्दा बढी श्रद्धालुहरू सहभागी भएका छन्।   

गढीमाई मेलामा सहभागी हुन लाखौं संख्यामा श्रद्धालुहरू ओइरिएपछि भिड नियन्त्रण गर्न सुरक्षाकर्मीलाई हम्मेहम्मे भएको छ। मेलामा आउनका लागि प्रयोग गरिने विभिन्न सडकमा सवारीसाधनहरूको घुइँचोले गर्दा १५/१५ किलोमिटर क्षेत्रफलसम्म जामसमेत लागेको थियो। 

कलैया–बरियारपुर, बरियारपुर–भारतको छौडादानवलगायत अधिकतर सडकहरूमा लामो सवारी जाम भएपछि श्रद्धालुहरू घण्टौं हिँडेर मेलासम्म पुग्न बाध्य भएका छन्। 

null

प्रसिद्ध बाराको गढीमाई मेला मंसिर महिनाभरी लाग्ने गर्छ ।  प्रत्येक पाँच वर्षमा लाग्ने सो धार्मिक मेला भर्न तथा राँगा, खसीबोका बलि हेर्न भारतलगायत अन्य मुलुकबाट पर्यटक आउने गरेका छन् ।   

गढीमाई मेलाको मुख्य आकर्षण भनेको बलि नै हो ।  यहाँ भाकल गर्ने र पूरा भएपछि बलि दिन आउनेको सङ्ख्या अहिलेदेखि नै बढ्दै आएको पञ्चवर्षीय मेला मूल समितिले जनाएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *