नेपालगञ्जमा २० जना बालबालिकाको उद्धार

  

पुस ६, बाँके ।  अभिभावकलाई भेट्न भारत जान लागेको बताउने २० जना बालबालिकालाई नेपालगञ्जस्थित सीमामा रोकी सम्बन्धित अभिभावक र आफन्तलाई जिम्मा लगाइएको छ । 

सिविन बाल हेल्पलाइन नेपालगञ्जका प्रमुख सिद्धराज पनेरुले प्रशासनको रोहबरमा बालबालिकालाई अभिभावकको आफन्तको जिम्मा लगाएको बताए । उनले भने, “यसरी असुरक्षित यात्राले बालबालिका जोखिममा पर्ने सम्भावना रहन्छ ।” उनका अनुसार बेवारिसे अवस्थामा रहेका बालबालिकाको प्रहरी, बालबालिकाका क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी कार्यालयको सहयोगमा उद्धार गरिएको छ । 

Image result for बालबालिकाको उद्धार

हिउँद लागेपछि जाडो छल्न उनीहरु भारतको गोरखपुर कामका लागि जान लागेका थिए । सीमा नाकाबाट उद्धार गरी नेपालगञ्जस्थित सिविन बाल हेल्पलाइनमा ल्याइएका उनीहरूले गोरखपुर जान लागेको बताएका थिए ।   

जमुनाहा इलाका चौकी कार्यालयका माधव रिजालले धेरै बालबालिका भारत जान लागेको भेटिएपति शङ्का लागी रोकिएको उनले बताए।“सँगै जान लागेका एक जना बालकले बिमारी छु भन्दै  ढाँट्यो र सबैले एउटै कुरा गर्दा उनीहरुको वास्तविकता खुल्यो ।” 

सीमामा पहाडी जिल्लामा स्कुल बिदाको समयमा बालबालिकाको जोखिम यात्रा बढ्ने गरेका बेलामा गत आर्थिक वर्षमा ५२ बालबालिकालाई उद्धार गरिएको छ । सिविन बाल हेल्पलाइन नेपालगञ्जमा एक वर्षको अवधिमा बाँकेमा ५२ बालबालिका बेवारिसे अवस्थामा फेला परेका छन् । 

 आर्थिक वर्ष २०७ ५र ७६ मा ४२ बालक र १० बालिका गरी ५२ जना बेवारिसे अवस्थामा फेला परेका हुन् । आव २०७४र७५ मा जम्मा १० जना बालबालिका बेवारिसे अवस्थामा फेला परेका थिए । रासस  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *