उपेन्द्र यादवको ठाडो प्रस्तावले कड्किए प्रधानमन्त्री ओली

पुस ०८, काठमाडौं । मन्त्रिपरिषद्को सोमबारको नियमित बैठक सकिएपछि उपप्रधानमन्त्री एवम् कानुनमन्त्री उपेन्द्र यादवले भने, ‘प्रधानमन्त्रीज्यू ! मेरो एउटा प्रस्ताव छ।’ प्रधानमन्त्री केपी ओलीले भने, ‘के प्रस्ताव ? ’ मन्त्री यादवले बन्द खाम झिकेर टेबुलमा राख्दै भने, ‘यो संविधान संशोधन प्रस्ताव हो। म यहाँ पेस गर्दछु।’ 

एकाएक ठाडो प्रस्ताव आएपछि प्रधानमन्त्री ओली जंगिएको एक मन्त्रीले बताए। प्रधानमन्त्रीलाई उधृत गर्दै ती मन्त्रीले भने, ‘संविधान संशोधन प्रस्ताव जति बेला मन लाग्यो त्यति बेला ल्याउने हो ? एउटाले ल्याएर हुन्छ ? संशोधन एउटा मन्त्रीले भनेर हुन्छ ? जसले जसरी जुन बेला ल्याए पनि हुने, यही हो विधि ? संविधान संशोधन गर्न राजनीतिक सहमति चाहिँदैन ? ’ यति भनेर प्रधानमन्त्री ओली बैठकबाट बाहिरिएको ती मन्त्रीले जानकारी दिए। यो समाचार अन्नपूर्ण पोष्टेले छापेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *