उत्कृष्ट सेवा प्रदान गर्न प्रहरी कर्मचारीलाई आईजीपी सर्वेन्द्रको निर्देशन

मंसिर २९, भोजपुर । जिल्ला प्रहरी कार्यालय भोजपुर परिसरमा नवनिर्मित कार्यालय, ब्यारेक, कार्यालय प्रमुख निवास र मेस भवनको उद्‍घाटन प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालद्वारा गरिएको छ ।   

भवनको उद्घाटन गर्दै उनले हालको परिस्थितिलाई मध्यनजर राखी गैरकानुनी क्रियाकलापलाई निरुत्साहित तथा निराकरण गर्न प्रहरी कर्मचारी थप क्रियाशील हुनुपर्ने बताए ।   

उनले सो कार्यक्रममा  उत्कृष्ट सेवा प्रदान गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिएका छन् ।   

Image result for सर्वेन्द्र खनाल

उक्त कार्यक्रममा उनले  महिला तथा बालबालिका विरुद्ध हुने घरेलु हिंसा, लैङगिक हिंसा, जबरजस्ती करणी विरुद्ध केन्द्रीत रही पीडितलाई न्याय दिन समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सरोकारवाला निकायहरुसँग समन्वय र सहकार्य गर्दै अगाडि बढ्नुपर्ने बताएका छन् ।  

 साे कार्यक्रममा खनालले पूर्व प्रहरी कर्मचारीमध्येका जेष्ठ नागरिक सदस्य पूर्व प्रहरी जवान ८१ वर्षीय डिकबहादुर तामाङलाई दोसल्ला ओढाएर सम्मान समेत गरे ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *