घरमा किन सजाइन्छ क्रिसमस ट्री ? काे थिए सेन्ट निकोलस ?

पुस ७, काठमाडौं । ईसाई धर्मको सबैभन्दा विशेष पर्व हो क्रिसमस । हरेक वर्षकाे २५ डिसेम्बरमा याे पर्व मनाइन्छ । यसै तारिखका दिन प्रभु यशुको जन्म इजरायलको येरुशेलममा भएको थियो ।   

संसारभरी २५ डिसेम्बरमा विभिन्न किसिमले येशुको जन्मदिन मनाइन्छ । ईसाई धर्मालम्बीहरु क्रिसमसमा आफ्नो घर सजाउछन् ।   

विशेषगरी क्रिसमस रुख घरमा सजाउने चलन छ । मानिसहरु स्यान्टा क्लजकाे जस्तै लुगा पनि लगाउँछन् । आफ्ना नजिकका साथीहरुलाई शुभकामना तथा कार्डहरु पनि दिने चलन छ ।   

Image result for क्रिसमस ट्री

किन सजाइन्छ क्रिसमस ट्री ?   

क्रिसमसमा विशेष किसिमका वृक्षहरु सजाइन्छ । यो वृक्ष सदाबहार डगलस, बालसम या फरको हुन्छ । यसमा रंगीविरंगी लाइट्सहरु लगाइन्छ, घण्टीहरु बाँधिन्छ । हार, फुल लगायत अन्य सुन्दर वस्तुहरुबाट सजाइन्छ ।   

जुन घरमा यो वृक्ष हुन्छ, त्यहाँ सकारात्मक सोचको विकास हुने तथा नकारात्मकताको प्रवेश नहुने विश्वास छ । उक्त वृक्ष सजाउने परम्परा जर्मनीबाट सुरु भएको मान्यता छ ।   

जब ईसा मसीहको जन्म भएको थियो तब देवताहरुले उनका माता पितालाई बधाई दिएका थिए । बधाई स्वरुप देवताहरुले एक सदाबहार फरको सिताराबाट सजाएका थिए । सोही दिनबाट हरेक वर्ष सदाबहार फरको रुखलाई क्रिसमस ट्रीको प्रतिकका रुपमा सजाउँदै आइएको छ ।   

यसको शुरुवात गर्ने पहिलो व्यक्ति बोनिफेन्स टुयो नामक एक अंग्रेज धर्म प्रचारक थिए । नियमानुसार क्रिसमस ट्री मुख्य द्वारको दाहिनेतिर राख्नुपर्छ । यसको सजावटमा ती चीजको उपयोग गर्नुपर्छ, जुन हामीलाई मनपर्छ । यसले जीवनमा सुख, समृद्धि बढ्ने विश्वास छ ।   

इंग्ल्याण्डमा कसैको जन्मदिन, विवाह वा मृत्युमा क्रिसमस ट्री लगाउने परम्परा छ । यो रुख लगाउने समय सुखद जीवनको कामना गरिन्छ ।   

क्रिसमस वृक्ष आदमको बगैँचामा पनि लगाउने गरिएको थियो भन्ने मान्यता प्रचलित छ । उक्त समय हावाले त्यसको फल नष्ट गरिदिएको थियो, जब परमेश्वरले उक्त वृक्षको फल तोड्न मनाही गरेका थिए । त्यसपश्चात् उक्त वृक्षको पातहरु सुकेर झरे । यसको वृद्धि विकास पनि भएन । जब ईमा मसीनको जन्म भयो तब यो वृक्ष फेरि बढ्न थाल्यो ।   

१६ औं शदाब्दीमा जर्मनीमा जब आदम र हावाको खेल हुन्थ्यो तब फरको वृक्ष लगाइन्थ्यो । स्टेजमा पिरामिड पनि राखिन्थ्यो र ताराले सजाइन्थ्यो । समयसँगै पिरामिड र फरको वृक्ष एक हुन थाले र उक्त वृक्षको नाम क्रिसमस ट्री रहन गयो ।   

सेन्ट निकोलस थिए वास्तविक स्यान्टा 

क्रिसमसमा स्यान्टा क्लजको पनि विशेष महत्व छ । इसाई मान्यता अनुसार स्यान्टा क्लजको घर उत्तरी ध्रुवमा छ र उनी उड्ने खालको रेनडियर्स गाडीमा सवार हुन्छन् । स्यान्टाको आधुनिक रुप १९ औं शताब्दीबाट सुरु भएको पाइन्छ । योभन्दा पहिले स्यान्टाको स्वरुप नभएको मान्यता छ ।   

करीब डेढ हजार वर्ष पहिले निकोलस नामका एक स्यान्टाकाे जन्म भएको थियो । सेन्ट निकोलसलाई नै असली स्यान्टा र स्यान्टाकाे जनक मानिन्छ ।   

सेन्ट निकोलसको जन्म एक धनी परिवारमा भएको थियो । तेस्रो शताब्दीमा जीससको मृत्युको करिब २८० साल पछि उनको जन्म भएको हो । उनको बाल्यकालमै आमा बुवाको मृत्यु भएको थियो ।   

सुरुदेखि नै निकोलस प्रभु येशुको भक्त थिए । ठुलो भएपछि उनी ईसाई धर्मका पादरी बने । त्यसपश्चात् उनी बिलिन । निकोलस दुःखी र बच्चाहरुलाई उपहार दिन रुचाउँथे । उपहारहरु उनी आधी रातमा बाँड्न रुचाउँथे किनकी उनी आफ्नो पहिचान गुप्त राख्न चाहन्थे ।   

आधुनिक स्वरुपमा उनी मोटे, हँसिला र सेतो दाह्रीवाला थिए । स्यान्टा सधैँ सेतो रंगसहितको रातो कोट लगाउँथे । उनको त्यही स्वरुप आज प्रसिद्ध छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *