आमा-छोरीको शव कपडाले बेरेर राखिएको अवस्थामा फेला, हत्याको आशंका

मंसिर २४, पर्सा । आमा-छोरीको शव कुहिएको अवस्थामा फेला परेको छ । वीरगञ्ज महानगरपालिका वडा नं. १२ शिवनगर नयाँ टोलमा आमा-छोरीको शव कपडाले बेरेर राखिएको अवस्थामा फेला परेको हो ।   

मोहन झाको घरमा डेरा गरेर बस्दै आएका बारा कलैया उपमहानगरपालिका वडा नं. २६ सिसुवा महेशपुरका पवन साहकी अन्दाजी २२ वर्षीया श्रीमती र अढाई वर्षकी छोरी मृत भेटिएका हुन् ।   

प्रहरी निरीक्षक चक्रबहादुर मल्लले आमा–छोरीको हत्या भएकोे हुनसक्ने बताएका छन् । पेन्टिङको काम गर्दै आएका पवन भने फरार छन् । घटनास्थलको अनुसन्धान शुरु गरेको प्रहरी निरीक्षक मल्लले जानकारी दिए । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *