महिला नौमती बाजा समुहले चलायो सामाजिक परिवर्तन अभियान

पुष २, काठमाडौं । महिलाहरुको एउटा समूहले नौमती बाजामार्फत् समाजमा महिला सशक्तिकरण र सचेतनाको अभियानलाई गति दिएका छन् । उनीहरुले परम्परागत पञ्चेबाजा संरक्षण र संवद्र्धन गर्दै सामाजिक परिवर्तनको अभियान चलाएका हुन् ।   

रिपोर्टर्स क्लब नेपालमा बुधबार पत्रकार सम्मेलन गर्दै महिला नौमती बाजा समुहले महिलालाई वाद्यवाधनमा सक्रिय बनाएर सामाजिक परिवर्तनको अभियान चलाएको जानकारी गराएको छ । समुहकी अध्यक्ष जानुका पौडेलले यो समुहका महिलाले देशमा पहिलो पटक पञ्चेबाजा बजाएर इतिहास रचेको बताइन् ।   

विभिन्न चुनौतीहरु पार गर्दै महिलालाई ऐतिहासिक संस्कृतिको संरक्षणमा सरिक बनाएर सशक्तिकरणको अभियानमा जागरुक बनाएको उनको भनाई थियो । उनले भनिन्, हामीले ऐतिहासिक संस्कृतिको संरक्षणमा महिलालाई सरिक गराएर समाजमानयाँ सन्देश फैलाएका छौं ।   

null

पौडेलले पाँच ‘स’ को अभियान अनुसार ऐतिहासिक संस्कृतिको संरक्षण संवद्र्धन, सामाजिक सम्मान, आत्मबल र आत्मसम्मान अभिवृद्धि, समृद्धिको अभियानमा महिलाको सक्रिय सहभागिता, सामाजिक विकृति विसंगतिको चिरफार गर्दै सुसंस्कृति निर्माणकालागि सन्देश प्रवाह गरिरहेको बताइन् ।   

२०६९ सालमा आठ मार्च सशक्तिकरण मञ्च मार्फत् स्थापना भई २०७० सालबाट महिलालाई नौमतीबाजा तालिम दिन शुरु गरिएको पौडेलको भनाई थियो । त्यस क्रममा पहिलो टोली बिघटन भएको, दोस्रो टोली पलायन, तेस्रो टोलीले विद्रोह गरेको र अहिले दुईवटा टोली सक्रियताका साथ संस्था अन्र्तगत सक्रिय भएको जानकारी दिइन् । तालिम दिने क्रमजारी रहेको पौडेलले बताइन् । उनले भनिन्, सबै किसिमकाआरोह र अवरोह पार गर्दै नौमतीबाजा समूहनिरन्तर सक्रिय छ ।   

तालिम दिने क्रममा एक व्यक्ति बराबर ८० हजार खर्च भएको जानकारी गराउँदै विद्रोह गर्ने कृष्ण क्षेत्री लगायतको समूहले ऋणमा पारेर गएको पौडेलले बताइन् । महिलानौमतीबाजा समुहको इतिहासलाई छोपेर व्यक्तिगतलाभमा केहीव्यक्तिहरु सक्रियभएकाले सचेत रहन आग्रह गरिन् ।   

महिलाहरु नौमतीबजाएर उत्पादनशीलकार्यमालागेबाट समाजमा सही सन्देश गइरहेको पौडेलले बताइन् ।बजाउने महिलामाआत्मबल बढिरहेको र बजाएको देख्नेहरुमापनिमहिलाले झनै गर्न सक्दारहेछन् भन्ने सन्देश प्रवाहभएको उनको भनाई थियो । समाजमा सही सन्देश जाँदाआफूहरु उत्साहितभएको बताइन् ।   

विवाह, ब्रतबन्ध, विदेशी पाहुनाहरुको स्वागत र बिदाई, राष्ट्रिय अन्तर्राष्ट्रिय सभा समारोह देखि विशेष कार्यक्रममा आफूहरुले नौमतीबाजाको प्रस्तुतीगर्ने गरेको जानकारी दिइन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *