काठमाडौंमा ९ जुवाडे पक्राउ

२०७६ पुस ३ गते

पुस ३, काठमाडौ । बुधबार प्रहरीले काठमाडौंमा जुवा खेली रहेको अवस्थामा ९ जना जुवाडेलाई पक्राउ गरेको छ ।
काठमाडौंको नागार्जुन नगरपालिका ९ स्वुचाटार स्थित एक घरमा जुवा खेली रहेको अवस्थामा नगदसहित ती ९ जना जुवाडे पक्राउ परेको हो ।
सिताराम बुढाथोकीको उक्त घरमा जुवातास खेलिरहेका उनीहरुलाई महानगरीय प्रहरी प्रभाग स्वुचाटारबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका उनीहरुको साथबाट १ लाख ७ हजार ५ सय १० रूपैयाँ नगद फेला पारिएको र उनीमाथी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

२०७६ पुस ३ गते
प्रतिक्रिया
सम्बन्धित