युरो किड्सद्वारा सागमा साइक्लिङका स्वर्ण विजेता बुद्धि सम्मानित

मंसिर २९, काठमाडौँ । गोंगबुस्थित युरो किड्सले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत साइक्लिङका स्वर्ण विजेता बुद्धिबहादुर तामाङलाई शनिबार सम्मान गरेको छ । युरो किड्सले आफ्नो वार्षिक खेलकुद दिवसका अवसरमा बुद्धिलाई नग 

बुद्धिले पुरुष क्रस कन्ट्रीको २० किलोमिटर दूरीमा स्वर्ण जितेका थिए । बुद्धिसहित नेपालले विभिन्न स्पर्धामा ४ स्वर्ण जितेको थियो । सागको साइक्लिङमा नेपालले पहिलो पटक स्वर्ण जितेको हो । बुद्धिले १२ औं सागमा पनि सहभागिता जनाएका थिए । त्यस बेला रोड रेसमा सहभागिता जनाएका बुद्धि समग्रमा चौथो भएका थिए । 

युरो किड्सका अध्यक्ष प्रमोद पाण्डे, निर्देशक राजन कार्कीलगायतले बुद्धिलाई प्रशंसा पत्र र नगद १० हजार रुपैयाँ प्रदान गरी सम्मान गरेका हुन् ।   

Image result for युरो किड्सद्वारा सागमा साइक्लिङका स्वर्ण विजेता बुद्धि सम्मानित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *