‘पूर्ण खोप अभियान’ अत्यन्तै ठूलो र चुनौतीपूर्ण छः सामाजिक मन्त्री घिमिरे

२०७६ मंसिर २६ गते

मंसिर २६, विराटनगर । प्रदेश नं.१ का सामाजिक मन्त्री जीवन घिमिरेले स्वास्थ्यकर्मीको मात्रै सहभागिताले ‘पूर्ण खोप अभियान’ सार्थकता नहुने बताएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विराटनगरमा बुधबार आयोजना गरेको खोप कार्यक्रमको उद्घाट गर्दै मन्त्री घिमिरेले खोप अभियान अत्यन्तै ठूलो र चुनौतिपूर्ण रहेको भन्दै स्वास्थ्यकर्मीको सहभागिताले मात्रै यो अभियान सफल नहुने भन्दै सबैको सहकार्य जरुरी रहेको बताए ।
जनस्वास्थ्य जस्तो गम्भीर र महत्वपूर्ण विषयमा स्वास्थ्यकर्मी एक्लैले मात्रै कार्य सफल नहुने र यस अयभियानलाई सफल पार्न जनप्रतिनिधिले समेत यसको महत्व बुझनुपर्ने उनको भनाई थियो । ‘जब सम्म स्थानीय जनप्रतिनिधिहरु घरदैलो गर्दैनन् तब सम्म पूर्ण खोप अभियान सफल हुँदैन’ उनले भने ।
null

२०७६ मंसिर २६ गते
प्रतिक्रिया
सम्बन्धित