मुलुकको राष्ट्रियता रक्षाका लागि सवै एकजुट हुनुपर्छः अध्यक्ष दाहाल

पुष ९, काठमाडाैं । पूर्व प्रधानमन्त्री एवंम् नेपाल कम्युनिष्ट पाटीका अध्यक्ष पुष्पकमल दाहालले मुलुकको राष्ट्रियता रक्षाका लागि सवै एकजुट हुनु पर्ने वताएका छन् ।   

चितवनको रत्ननगरमा बुधवारदेखी सुरु भएको नेपाल जेसिजको ४६ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष दाहालले राष्ट्रियता र अखण्डता जोगाउन सवै एक हुनु पर्ने वताएका हुन् ।   

उनले युवाहरुलाई मुलुकको रक्षा र विकासमा ध्यान केन्द्रित गर्न आग्रहसमेत गरेका छन् । प्रचण्डले नेपाल दुई शक्तिशाली राष्ट्रको बीचमा रहेकाले पनि सवैको ध्यान केन्द्रित रहेको वताए ।   

राजनितिक स्थायी प्राप्त गर्न सवै दलहरु एकै ठाउँमा उभिएझै मुलुकको तीव्र विकासमा पनि सवै मिल्नुको विकल्प नरहेको उनको भनाई थियो । प्रचण्डले आफु पनि युवाहरुको संगठनको अध्यक्ष भएरै यो स्थानमा आएको भन्दै देशको नेतृत्वका लागि युवाहरु तयार हुनुपर्ने धारणा राखे ।   

उद्घाटनका अवसरमा विभिन्न विधाबाट १० जना युवाहरुलाई सम्मान गरिएको थियो । विज्ञान प्रविधिबाट विकल्प ढुंगाना,देशको प्रतिष्ठा अन्र्तराष्ट्रियस्तरमा पुर्याए वापत सृजन तिमल्सीना, खेलकुदबाट अरुणा शाही, कला संगितबाट विल्सन विक्रम राई, स्वास्थ्य क्षेत्रबाट डाक्टर विशाल श्रेष्ठ, साहित्यबाट पत्रकार समेत रहेका मिनकुमार श्रेष्ठ, शैक्षिक क्षेत्रबाट वेन्जु सिटौला, मानव अधिकार र सामाजिक क्षेत्रबाट विपनाशर्मालाई नगदसहित सम्मान गरिएको थियो ।   

पुष १२ गते सम्म चल्ने महाधिवेशनले अध्यक्ष,४ जना कार्यकारीणी उपाध्यक्ष, १२ जना राष्ट्रिय उपाध्यक्ष चयन गर्नेछ । अध्यक्षका लागि ३ जना, कार्यकारीणी उपाध्यक्षका लागि १२ जना र राष्ट्रिय उपाध्यक्षका लागि २१ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा चितवनबाट बीस हजारी जेसिजका पूर्व अध्यक्ष अरुणेश्वर खनाल, पथरी जेसिजबाट अशोक शंकर र काभ्रे जेसिजबाट विकास मानन्धरले उम्मेदवारी दिएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *