सिन्धुपाल्चोक बस दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो

मंसिर २९, काठमाडौँ । दोलखाको कालिञ्चोक मन्दिर दर्शन गरेर भक्तपुर फर्कँदै गरेको बस आइतबार बिहान सिन्धुपाल्चोकको सुनकोशी गाँउपालिका–७  स्थित ६ किलोमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १५ पुगेको छ ।   

मृत्यु हुनेमा ८ महिला, ४ पुरुष, एक बालिका र दुई बालक रहेका छन् । मृतक १५ जनामध्ये ६ जनाको सनाखत भइसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।   

मृतकहरुमा सिन्धुपाल्चोक जुगल गाउँपालिका–७ का सुक बहादुर तामाङ, जुगल७ की नै सबिना तामाङ, दोलखाको भीमेश्वर नगरपालिकाकी जुनुमाया तामाङ, सोही ठाउँकी मञ्जु तामाङ, रामेछापको उमाकुण्ड गाउँपालिका–५ का महेश तामाङ र भक्तपुरको सुर्यविनायक नगरपालिकाका चिुन बस्नेत ६ जनाको मात्रै सनाखत भएको प्रहरीले जनाएको छ ।   

null

यस्तै दुर्घटनामा १७ जना घाइते भएका छन् । घाइतेहरुको काठमाडौं, धुलिखेल र सिन्धुपाल्चोकका विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *