माेटरसाईकल चाेरी गर्दै गर्दा एक पक्राउ

पुस ९, काठमाडौँ । प्रहरीले माेटरसाईकल चाेरी गर्दै गर्दा  एक जनालाई पक्राउ गरेकाे छ । 

चन्द्रागिरि नगरपालिका वडा नम्बर ११ सिप्रदी स्थित सडक खण्डमा माेटरसाईकल चाेरी गरि लैजान लागेकाे अवस्थामा उनलाई  महानगरीय प्रहरी प्रभाग बलम्वुले  पक्राउ गरेकाे हाे । 

महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रमुख प्रहरी निरीक्षक खेमराज रावतले जिल्ला मकवानपुर थाह न.पा. वडा नं. १० घर भई चन्द्रागिरी न.पा.१२ गुर्जुधारा बस्ने बर्ष २९ को सुवाष श्रेष्ठले बा १० प ३१६८ नं. को स्पेलेण्डर मोटरसाईकल संकास्पद रुपमा डोर्यााई हिँडिरहेको अबस्थामा नियन्त्रणमा लिएकाे बताए । 

पक्राउ गरिएको माेटरसाईकल सहित श्रेष्ठलाई आवश्यक कारबाहीका लागि थानकोट बृत्तमा पठाएको बलम्वु प्रहरीले जनाएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *