मेलम्ची आयोजनाको काम ९५ प्रतिशत सकिएको छः प्रमुख खत्री

पुस १४, काठमाडौं । मेलम्चीे खानेपानी आयोजनाका प्रमुख तिरेशप्रसाद खत्रीले आगामी असार मसान्तसम्ममा मेलम्चीेको पानी सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा खस्ने दाबी गरिएको छ ।   

संसदीय समितिमा आयोजित छलफलमा प्रमुख खत्रीले सरकारको नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार नै मेलम्चीको पानी काठमाडौंमा ल्याउने बताए । त्यसका लागि आयोजनाले द्रुत रुपमा काम गरिरहेको उनको भनाइ छ । 

‘आयोजनामा ९५ प्रतिशभन्दा बढी काम सकिएको छ,’ खत्रीले भने, ‘नयाँ ठेकेदारहरुले फिल्डमा राम्रोसँग काम गरिरहेका छन्, सुरुङका गेटहरु जोड्ने काम सुरु भएको छ ।’ 

null

यो आयोजनालाई सरकारले चालु आर्थिक वर्षमा ७ अर्ब ३८ करोड रुपैयाँ बजेट दिएको छ । आयोजनाले नदी नियन्त्रणका लागि ग्याबियन जाली लगाउने कंक्रिटिङ गर्ने काम सकिएको बताएको छ । हेडवक्र्स नबनुञ्जेल सुरुङमा सिधा पानी हाल्न ६० मिटरको पाइप डाइभर्सन निर्माण भइसकेको खत्रीले जानकारी दिए । 

इटालियन कम्पनी सीएमसी भागेपछि आयोजनाको बाँकी काम सम्पन्न गर्न चिनियाँ कम्पनी सिनो हाइड्रोले ठेक्का पाएको थियो । यो कम्पनी हाल माथिल्लो तामाकोसीको सिभिलतर्फको ठेकदार पनि हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *