पौडेल पक्ष आन्तरिक छलफलमा, अझै बस्न सकेन कांग्रेस केन्द्रीय समितिको बैठक

पुष  ११ काठमाडौं । बैठकमा जाने नजाने बारेमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष आन्तरिक छलफलमा जुटेपछि आज (शुक्रबार) पनि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्ने नबस्नेमा अन्योलता छाएको छ ।   

प्याकेजमै सहमित हुनुपर्ने अडानपछि पौडेल पक्ष अहिले पूर्वमहामन्त्री प्रकाशमान सिंह निवासमा छलफलमा छ ।   

यसअघि मंसिर २६ गतेदेखि सुरु भएको केन्द्रीय समिति बैठक संस्थापन पक्षले बहिस्कार गरेपछि दुई पटक बसे पनि ४ पटक स्थगित भइसकेको छ । 

यसैबचि पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले दिउँसो १ बजेको बैठक केही समय ढिलो गरि भएपनि सुरु हुने बताएका छन् । सभापति शेरबहादुर देउवा पक्ष भने अहिले पार्टी कार्यालयय सानेपामा छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *