पोखरामा शक्तिशाली बम बिस्फोट

मंसिर ११, कास्की । बुधबार दिउँसो कास्की पोखराको नयाँ बजार स्थित  बसपार्कमा  बम बिस्फोट भएको छ ।   

पोखरा महानगरपालिका ९ स्थित प्रदर्शनकेन्द्रमा आयोजित  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को चुनावी सभास्थल नजिकै रहेको उक्त  बसपार्कमा शक्तिशाली बम विस्फोट भएको हो ।   

यस बिस्फोटमा कुनै मानबीय नभएपनी पार्किङ स्थलमा रहेको ग१ख ८८९१ नम्बरको बस भने क्षती भएको बतार्ईएको छ ।   

मंसिर १४ गतेको उपनिर्वाचनमा कास्की २ की उम्मेदवार विद्या भट्टराई सपोट गर्न नेताहरू त्यहाँ पुगेका थिए भने सभामा  नेकपा संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले सम्बोधन गरिरहेका बेला बम विस्फोट भएको बताईएको छ । 

बम विष्फोटपछि बिथोलिएको चुनावीसभाको कार्यक्रम सुरक्षा व्यवस्था थप कडा पारेर सुचारु गरिएको छ भने  घटनाबारे प्रहरीले अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *