काठमाडौँमा डाक्टरलाई ठक्कर दिने बस रोमछापमा भेटियो

मंसिर १०, काठमाडौँ । काठमाडौँको बानेश्वरमा एक डाक्टरलाई ठक्कर दिई फरार रहेको  बस र चालकलाई प्रहरीले पक्राउ गरेको छ ।  बा ४ ख ६१४ नम्बर बस र चालकलाई रोमछापबाटबाट नियन्त्रणममा लिईएको प्रहरीले जानकारी दिएको छ ।   

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले ‘सीसी टीभी फुटेजमा हेर्दा डाक्टरसँग उक्त बस क्रस भएको देखिए पनि तर चालकले भने दुर्घटना गराएको अस्विकार गरेको जानकारी दिएका छन् ।   

 आईतबार बिहान  ‘मर्निङवाक’ निस्किएका बसुन्धारास्थित इसान बाल तथा महिला अस्पतालमा कार्यरत ७२ वर्षिय डाक्टर प्रंभु जोशीलाई नम्बर नखुलेको  गाडीले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।   

पक्राउ परेका चालकमाथी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *