बैंकिङ अपराधमा कर्मचारीः १० वर्षमा २२ अर्ब ठगी, भारतको नयाँ नक्साप्रति औपचारिक विरोध, नेपालले पठायो कुटनीतिक नोट, दश गजामा अतिक्रमण हटाउन संयुक्त टोली
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
![](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/nophoto.png)
मंसिर ७, काठमाडौँ । राजधानी काठमाडौँबाट प्रकाशन हुने सबै पत्रपत्रिकाले फरक फरक विषयलाई आफ्नो फ्रन्ट पेजको समाचार बनाएका छन् ।
आजको नयाँ पत्रिका दैनिकले बैंकिङ अपराधमा कर्मचारीको संलग्नता हुने गरेको विषयलाई प्रमुख समाचारको रुपमा छापेको छ । नयाँ पत्रिका दैनिकका अनुसार नक्कली खडा गरिएका धितोलाई आधिकतम मुल्यांकन गरि बैंकका कर्मचारीद्वारा मिलेमतोमा कर्जा प्रवाह हुनेको गरेको छ । यो समाचालाई नयाँ पत्रिकाले बैंकिङ अपराधमा कर्मचारी, १० वर्षमा २२ अर्ब ठगी शीर्षकमा छापेको छ ।
त्यसैगरी आजको कान्तिपुर दैनिकमा भारतको नयाँ नक्साप्रति औपचारिक विरोध, नेपालले पठायो कुटनीतिक नोट शीर्षकमा समाचार छापिएको छ । आजको राजधानी दैनिकले यहि मंसिर १४ गते हुने उपनिर्वाचनका लागि २८ हजार सुरक्षाकर्मी परिचालन गरिने विषयलाई समाचार बनाएको छ ।
त्यसैगरी आजको नागरिक दैनिकले दश गजामा अतिक्रमण हटानउ संयुक्त टोली शीर्षकमा आजको मुख्य समाचार फ्रन्ट पेजमा छापेको छ ।
अन्य पत्रपत्रिकामा छापिएका समाचार यसप्रकार रहेको छ ।
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)