सुनको भाउ बढ्यो, यस्तो छ आजको भाउ
मकालु खबर
२०७६ मंसिर ३ गते
मंसिर ३, काठमाडौँ । मंगलबार सुनको मूल्यमा तोलामा ४ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंंघले जनाएको छ ।
सोमबार प्रतितोला ७१ हजार ६ सयमा कारोबार भईरहेको छापावाल सुन आज तोलमा ४ सय रुपैयाँ बढेर प्रतितोला ७२ हजारमा कारोबार भईरहेको महासंघले जनाएको छ । त्यसैगरी सोमबार प्रतितोला ७१ हजार ३ सयमा कारोबार भईरहेको तेजावी सुनमा पनी आज तोलामा ४ सय रूपैयाँ बढेर प्रतितोला ७१ हजार ७ सयमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
मंगलबार चाँदीको भाउ पनि बढेको छ । महासंघका अनुसार सोमबार प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भईरहेको चाँदीको भाउमा आज तोलामा १० रुपैयाँ बृद्धी भएर प्रतितोला ८ सय ६० मा बिक्रीबितरण भईरहेको छ ।
मकालु खबर
२०७६ मंसिर ३ गते
प्रतिक्रिया
सम्बन्धित