आज मन्त्रालयगत कार्य सम्पादन समीक्षा बैठक बस्दै

मंसिर ९, काठमाडौँ । सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा  मन्त्रालयगत कार्य सम्पादन समीक्षा बैठक बस्ने भएको छ । आज दिनको ४ बजे बस्ने उक्त बैठकको लागि मन्त्रीहरु र सचिवहरुलाई डाकिएको उच्च स्रोतले जानकारी दिएका छन् ।   

प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरुबीच  गत साउन १५ गते  छुट्टाछुट्टै ‘कार्यसम्पादन सम्झौता’ भएकोमा उक्त अनुसार नै मन्त्रीहरुले पनि सचिव तथा विभागीय प्रमुखहरुसँग अर्को सम्झौता गरेका थिए। 

सो सम्झौतामा  अनुसारको कार्य प्रगति भए नभएको विषयमा चाररचार महिनामा मूल्यांकन गर्ने गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उच्चस्तरीय संयन्त्र स्थापना गरिने उल्लेख गरिएको थियो ।   

Image result for प्रधानमन्त्री कार्यालय

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *