गढीमाई मेलाः चहलपहल बढ्याे, १० दिन विद्यालय बन्द

मंसिर ४, कलैया। महागढीमाई नगरपालिका–१ स्थित  गढीमाईको मेलालाई लक्ष्य गरी १० दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको छ । मेला भर्नका लागि नेपाल र भारतबाट आउने लाखौँ भक्तजनकाे सुविधाका लागि नगरभित्रका सबै सरकारी विद्यालय बन्द गर्ने निर्णय भएको नगर शिक्षा समितिका सदस्य परमहंस यादवले जानकारी दिए ।  

समितिका संयोजक महागढीमाई नगरपालिका प्रमुख उपेन्द्र यादवको अध्यक्षतामा बसेको सो समितिको बैठकले मङ्सिर १० देखि २० गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।   

मेला मङ्सिर ३० गतेसम्म चल्नेछ । भौतिक पूर्वाधार अभावका कारण विद्यालयमा नै सुरक्षाकर्मीको व्यवस्थापन, स्वयंसेवक परिचालन तथा मेलाका अन्य तयारी समेत विद्यालयमा नै गर्नुपर्ने बाध्यताका कारण बिदा दिनु परेको प्रमुख यादवले बताए ।   

Image result for गढीमाई मेला

मेला व्यवस्थापन मूल समितिका महासचिव मोतिलाल कुशवाहले ७२ सदस्यीय मूल मेला समिति र १४ उपसमिति गठन गरिएको बताए । सुरक्षाका लागि करिब एक हजारभन्दा बढी सुरक्षकर्मी परिचालन गर्ने तयारी रहेको प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेलले जानकारी दिए । मेलामा ६० सीसी क्यामरा जडान गरिनेछ । पाँच वर्षमा लाग्ने गढीमाई मेलाको चहलपहल बढेको छ । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *