१५ हजार घुस रकमसहित नायब सुव्बा पक्राउ

कार्तिक २४, काठमाडौं । जिल्ला अदालत पश्चिम रुकुम, मुसिकोटमा कार्यरत नायब सुब्बा रमेशकुमार खड्का घुससहित पक्राउ परेका छन् ।   

सेवाग्राहीसँग घुस माग गरेको भन्ने उजुरी एवम् गोप्य सूचनाका आधारमा अख्तियार दूरुपयोग अनुसन्धान आयोग, सुर्खेतबाट खटिएको टोलीले नायब सुब्बा खड्कालाई ग्राहकसँग बार्गेनिङ गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो ।   

अदालतबाट फैसला भईसकेको मुद्दामा मालपोत कार्यालयलाई जग्गा दाखिल खारेज दर्ता पुर्जी उपलब्ध गराउनु पर्नेमा नगराई पटक–पटक मोलमोलाई गरी ६० हजार बाट घुस रकम बार्गेनिङ गरी अन्तिममा १५ हजार नदिईकन कागजपत्र नदिने भनेर सेवाग्राहीलाई दुःख दिएको अख्तियारको अनुसन्धानमा खुलेको छ ।   

Image result for पक्राउ

१५ हजार घुस रकम माग गरिरहेको अवस्थामा रुकुम पश्चिम मुसिकोट नगरपालिका वडा नं.१ खलंगा स्थित, राप्ती होटल एण्ड लज अगाडि जिल्ला प्रहरी कार्यालय जाने बाटोबाट कार्तिक २२ गते नियन्त्रणमा लिइ अनुसन्धान अघि बढाइएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *