उपराष्ट्रपति नन्दबहादुर पुनले भने -महिला भलिबल खेलाडीहरुले राष्ट्रको गौरव र प्रतिष्ठा बढाए

मंसिर ४, काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले एसियन भलिबल कन्फेडेरेसन (एभीसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसीपको उपाधि जितेका नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई सम्मान गरेका छन्   

उनले मङ्गलबार दिउँसो उपराष्ट्रपतिको भवन, हरितगृहमा आमन्त्रण गरेर उपाधि जित्ने राष्ट्रिय महिला भलिबल टोलीका प्रशिक्षक र खेलाडीलाई सम्मान गरेका हुन्। उपराष्ट्रपति पुनले राष्ट्रिय महिला भलिबल टोलीको नाममा कप्तान अरुणा शाही र प्रमुख प्रशिक्षक जगदीश भट्टलाई लिखित बधाई सन्देश हस्तान्तरण गरे । 

खेलाडीलाई सम्मान गर्दै उपराष्ट्रपति पुनले भलिबलको ४१ वर्षको अन्तर्राष्ट्रिय यात्रामा नेपाललाई पहिलो उपाधि दिलाएर राष्ट्रिय महिला भलिबल खेलाडीहरुले राष्ट्रको गौरव र प्रतिष्ठा बढाएको बताए ।   

सो अवसरमा राष्ट्रिय महिला भलिबल टोलीका कप्तान अरुणा शाहीले भलिबलमा नेपाललाई पहिलो अन्तर्राष्ट्रिय उपाधि दिलाउन पाउँदा अत्यन्त खुशी लागेको बताए । नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जनरमण शर्माले भलिबलमा राष्ट्रले ठूलो सफलता हासिल गरेको बताए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *