बैंकर श्रेष्ठ र बोहरा एक/एक करोड धरौटीमा रिहा

मंसिर ९, काठमाडौँ । बैंक अफ काठमाण्डुका पूर्वप्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ र पूर्वकर्मचारी किरणकुमार बोहरालाई बैंकिङ कसुरमा एक÷एक करोड रुपैयाँ धरौटीमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । 

न्यायाधीश सपना मल्ल प्रधान र कुमार रेग्मीको संयुक्त इजलासले आज थुनामा राखेर मुद्दाको अनुसन्धान गर्ने उच्च अदालतको आदेश बदर गर्दै धरौैटीमा छाड्न आदेश दिएको हो । 

नक्कली धितोमा ऋण प्रवाह गरेको र कीर्ते गरेको अभियोगमा उनीहरु पक्राउ परेका थिए । बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले थुनामा पठाउने आदेश दिएपछि त्यसविरुद्ध श्रेष्ठ र बोहरा सर्वोच्च अदालतमा गएका थिए ।  

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *