दरबारमार्ग सामूहिक बलात्कार प्रकरणका मुख्य अभियुक्त कार्कीलाई ५ वर्ष जेल सजाय

मुख्य अभियुक्त शैलेश कार्की (युवतीकाे प्रेमी) 

कार्तिक २७, काठमाडौँ । काठमाडौंको दरबारमार्गस्थित एक होटलमा १८ वर्षिय किशोरीलाई सामुहिक बलात्कार गरेको अभियोगमा पक्राउ परेका मुख्य  अभियुक्तलाई ५ वर्ष दुई महिना जेलको सजाय सुनाईएको छ । 

करिब डेढ वर्षअघि काठमाडौंको दरबारमार्गस्थित होटल ल्याण्डमार्कमा भएको यस घटनाका मुख्य अभियुक्त शैलेश कार्कीलाई जिल्ला अदालत, काठमाडौंका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले उक्त सजाय सुनाएको हो ।   

यसैसँगै अदालतले उक्त बलात्कार भएकी पिडित किशोरीलाई ७ लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने पनि फैसला समेत गरेको छ ।   

अभियुक्त विकास गौतम र दीपक श्रेष्ठ विकास गौतम र दीपक श्रेष्ठ 

घटनामा जोडिएका  अन्य दुई अभियुक्त काभ्रेका दीपक श्रेष्ठ र सिन्धुपाल्चोकका विकास गौतमलाई भने अदालतले  जनही १४ महिना कैद सजाय सुनाएको छ । यस घटनाको मुख्य अभियुक्त कार्की पिडित किशोरीको प्रेमी हुन् । कर्कीले नै उक्त होटलमा आफ्नो साथी बोलाएर २०७४ माघ ७ को राति सामुहिक बलात्कार गरेका थिए। 

बलात्कार पछी पिडित किशोरीले घटना भएको दोस्रो दिन आफूलाई सामुहिक बलात्कारपछि पनि नग्न तस्बिर खिच्ने कार्य गर्नुका साथै गालीगलौज गरेको प्रहरी समक्ष जाहेरी दिएकी थिईन् । सोही जाहेरीको आधारमा सरकारी वकिल कार्यालयले कार्कीसहित तीन जना विरुद्ध २०७५ जेठ ४ मा मुलुकी ऐनको जर्बजस्ती करणी महल अनुसार सजाय मागदाबीसहित मुद्दा दर्ता गरेको थियो। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *