चोरले पसल फोडेर पैसा छोडे, प्याज चोरे !

मंसिर १२, नयाँ दिल्ली । प्याजको भाउ निरन्तर उकालो लागिरहँदा भारतको नयाँ दिल्लीमा रोचक घटना घटेको छ ।   

नेपालसँगै छिमेकी भारत र बंगलादेशमा पनि प्याजको भाउ बढिरहेका बेला भारतको पश्चिम बंगालस्थित पूर्वमिदनापुरमा चोरले पसल फोडेर प्याज चोरेको घटना सार्वजनिक भएको छ ।   

चोरले एक सब्जी पसल फोडेर चोरले प्याज चोरे तर छेउकै गल्लामा भएको पैसा छुँदा पनि नछोएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।   

Image result for प्याज

पसलका साहु अजय दास मंगलबार बिहान पनि सधैझैँ आफ्नो पसल खोल्न गएका थिए । तर त्यो दिन पसलमा तरकारी छरपस्ट थिए। 

पसलको हालत देख्नबित्तिकै अजयले चोरी भएको अनुमान लगाए र आफ्नो पैसा गन्न थाले। गल्लामा भएको पूरै पैसा ठीक थियो। 

पछि उनले पसलबाट केही प्याजका बोरा गायब भएको थाहा पाए। 

ती चोरले ५० हजार मूल्य बराबरको प्याज, लसुन र अदुवा चोरेका थिए। 

भारत सरकारले प्याजको मूल्यबृद्धि हुन थालेपछि सीमित मात्रामा वितरण गर्न थालेको थियो। सरकारले प्याज किन्न पनि सीमा तोकेपछि चोरीका घटना हुन थालेका हुन्। भारतमा अहिले एक किलो प्याजको मूल्य भारू १०० रुपैयाँ पर्छ । -एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *