पञ्चाङ्ग र यो साताको राशिफल, शुभ रंग र अंकसहित


कात्तिक ३०, काठमाडौँ । वि.सं. २०७६ कात्तिक ३०। शनिबार। इ.स. २०१९ नोभेम्बर १६। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। शरद ऋतु। ने.सं. ११४० कछलागा। मार्ग कृष्णपक्ष।
चतुर्थी, १८:४१ उप्रान्त पञ्चमी। नक्षत्र– आर्द्रा, २३:३३ बजेउप्रान्त पुनर्वशु। योग– सिद्ध, ७:५७ बजेदेखि साध्य, २९:५४ बजेउप्रान्त शुभ। करण– वव, ७:१० बजेदेखि वालव, १८:४१ बजेपछि कौलव, ३०:०६ बजेउप्रान्त तैतिल।
आनन्दादिमा मुद्गर योग। चन्द्रराशि– मिथुन। काठमाडौंमा सूर्योदय– ६:२६ बजे, सूर्यास्त– १७:१० बजे र दिनमान २६ घडी ९ पला। कार्तिक मसान्त।
null
तपाइको यो साताको राशिफलको राशिफलमेषयो साता नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शुभ कार्यको योगपनि छ । साताको अन्त्यमा यात्रामा सावधानी अपनाउनु पर्नेछ । यो साताका लागि शुभअङ्क २,५ र शुभरङ्ग गुलाबी वा कलेजी हो । कुनै शुभकर्म गर्नु पूर्व महासरस्वतीको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
वृषयो साता शुभकार्यको चर्चा चल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । नयाँ-नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । मध्य सातामा नजिकैका व्यक्तिबाट कार्यमा बाधा आउनसक्छ । यो साताका लागि शुभअङ्क २,९ र शुभरङ्ग सुन्तला वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि देवीजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।
मिथुनयात्राका विशेष अवसर मिल्ने छन् । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । गरेको कार्यमा सफलतापनि मिल्नेछ । साताको अन्त्यमा बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । यो साताका लागि शुभअङ्क ३,८ र शुभरङ्ग ध्वाँसे वा सुन्तला हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि हनुमानजीको ध्यान गरी कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।
कर्कटताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । यात्रामा मालसामान हराउन सक्छ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । अनावश्यक ठाउँमा धन खर्च होला । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । साताको मध्यमा एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ । आफन्तको प्रगतिमा मन रमाउनेछ । यो साताका लागि शुभअङ्क ४,७ र शुभरङ्ग कालो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शनगरी कार्य गर्दा अधिक सफलता मिल्नेछ ।
सिंहलामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । नयाँ सवारी साधन प्राप्तिको योग छ । पढाइ लेखाइमा प्रगति हुनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । रमाइलो यात्राको योग रहेको छ । पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । यो साताका लागि शुभअङ्क १,६ र शुभ रङ्ग हरियो वा सुन्तला हो । कुनै शुभकर्म गर्नु पूर्व शिव भगवानको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
कन्यायो साता लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । साताको अन्त्यमा भाग्यशक्ति कमजोर हुनाले चिताएको कार्यमा सोचे जस्तो सफलता नमिल्ला । यो साताका लागि शुभअङ्क ३,६ र शुभरङ्ग नीलो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
तुलाअनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । व्यापारमा मनग्ये धनलाभ हुनेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । प्रेमिले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन् । यो साताका लागि शुभअङ्क २,८ र शुभरङ्ग गुलाबी वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
वृश्चिकगरेको कार्यमा बाधा आउनसक्छ । वियोग र छटपटी बढ्नाले मन कमजोर रहला संयमता अपनाउनु राम्रो हुनेछ । अनावश्यक धन खर्चपनि हुनेछ । मध्य साताबाट बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । यो साताका लागि शुभअङ्क ३,७ र शुभरङ्ग हरियो वा पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महामृत्युञ्जय भगवानको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।
धनुमहिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कार्य सम्पादन हुन सक्छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । स्वास्थ्यमा सुधारपनपि आउला । यो साताका लागि शुभअङ्क १,९ र शुभरङ्ग सेतो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णुभगवानको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।
मकरयो साता पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । व्यावसायिक यात्राको सम्भावना छ । साताको अन्त्यमा परिवारमा मायामा कमी आउनेछ । मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नुपर्ला । यो साताका लागि शुभअङ्क ४,८ र शुभरङ्ग घ्यूरङ्ग वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको दर्शनगरी यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।
कुम्भरोकिएका अधुरा कामहरु पुरा हुनेछन् । पार्टी तथा सेमिनारमा सहभागी भईएला । कूटनीतिक नियोगको सहयोग मिल्ने देखिन्छ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । साताको उत्तरार्धबाट घर व्यवहारको समस्याले सताउनेछ । व्यापार व्यवसायमा बाधा आउनेछ । यो साताका लागि शुभअङ्क २,९ र शुभरङ्ग कलेजी वा कालो हो । शुभकर्म गर्नु पूर्व भगवतीको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
मीनयो साता कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । नाक तथा घाँटीमा समस्या आउला अत: सचेत रहनुहोला । साताको मध्यबाट नसोचेको ठाउँ बाट धन हात पर्नेछ । छोटो समयमा विशेष उपलब्धि हासिल गर्न सकिनेछ । मंगल कार्यको योगपनि छ । यो साताका लागि शुभअङ्क २,९ र शुभरङ्ग पहेंलो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व सूर्यको दर्शनगरी यात्रा आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
