आइसिसी टी–२० वरीयताः पारस र सन्दीपको खस्कियो स्थान, वरीयतामै परेनन् बसन्त र अभिनास

कार्तिक २५, काठमाडौं । आइसिसी टी–२० वरीयतामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान  पारस खड्का र सन्दीप लामिछानेको वरीयता खस्किएको छ ।   

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ‘आइसिसी’ ले जारी गरेको नयाँ वरीयतामा पारस खड्का र सन्दीप लामिछानेको वरीयता खस्किएको देखिएको हो ।   

खड्का नयाँ वरीयता अनुसार ब्याटिङमा ५५ औं स्थानमा छन्। यसअघि पारस वरीयतामा ४५ औं स्थानमा थिए । उनले ब्याटिङमा पाकिस्तानका पूर्वकप्तान सर्फराज अहमेद अस्ट्रेलियाका स्टीभ स्मिथ, वेस्ट इन्डिजमा क्रिस गेललगायतका खेलाडीहरुलाई पछि पारेका छन्।   

Image result for पारस र सन्दीप

त्यस्तै अलराउन्डरतर्फ खस्किएर ३२ औं स्थानमा पुगेका छन्। पारसले अल राउन्डरमा राशिद खान, किम पाउल,  रोहित शर्मा लगायतका खेलाडीलाई पछि पारेका छन् । अराउन्डरमा सोमपाल कामी ६७ औं स्थानमा रहँदा करण केसी ८८ औं स्थानमा छन्।  

  

त्यस्तै बलिङतर्फ सन्दीप पनि ६८ औं स्थानमा झरेका छन् । अघिल्लो पटक सन्दीप ६४ औं स्थानमा रहेका थिए । बलिङतर्फ अर्का खेलाडी सोमपाल कामी ८५ औं र करण १०० औं स्थानमा रहेका छन् । यसअघि सोमपालको वरियता ६८ र करणको ८३ रहेको थियो ।  

यसअघि वरीयतामा रहेका बसन्त रेग्मी र अभिनास बोहोरा वरीयतामा परेनन् । अघिल्लो वरियतामा बसन्त ९० औं र अविनाश १०० औं स्थानमा रहेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *