मंसिर १५ र २४ गते जोर–बिजोर प्रणाली, कुन–कुन सवारीमा लागु हुन्छ ?

मंसिर १३, काठमाडौं । मंसिर १५ र २४ गते काठमाडौं उपत्यकामा गुड्ने सवारीमा जोर–बिजोर प्रणाली लागु हुने भएको छ ।   

१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा ट्राफिक व्यवस्थापनका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले उद्घाटन र समापनका दिन उपत्यकाका सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने भएको हो ।   

सार्वजनिक र निजी दुवै सवारी साधनको हकमा यो नियम लागू हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

Image result for जाेर बिजाेर

ट्राफिक प्रहरीका अनुसार मंसिर १५ बिजोर नम्बर भएका सवारी साधनमात्र चल्न पाउनेछन् भने २४ गते जोर नम्बर भएका सवारी साधनमात्र चल्नेछन्।   

जोर बिजोरको गणना अन्तिम अंकबाट निर्धारण हुनेछ ।  

आइतबारदेखि १३ औं दक्षिण एसियाली खेलकुद (साग) सुरु हुँदैछ ।   

खेलमा नेपालबाट ५ सय ९९ जना खेलाडीहरुले सहभागीता जनाउने छन् ।  जसमा ३ सय १२ पुरुष र २ सय ८७ महिला खेलाडीहरु छन् ।   

आर्चरी, एथलेटिक्स, ब्याडमिन्टन, बक्सिङ, फेन्सिङ्ग, जुडो, कराँते, शुटिङ्ग, स्क्वास, पौडी, टेबलटेनिस, तेक्वान्दो, टेनिस, भारोत्तोलन, उसु, कुस्ती, भलिबल, विच भलिबल, फुटबल, ह्याण्डबल, बास्केटबल, ३ इन्टु ३ बास्केटबल, खो खो, ट्राइयाथोलन, कबड्डी, क्रिकेट, गल्फ, साइक्लिङ्गमा प्रतिस्पर्धा हुनेछ ।   

खेलहरु काठमाडौं, ललितपुर, पोखरा र जनकपुरमा हुनेछन् । 

राखेपले प्रतियोगिताको प्रशारण अधिकार भारतीय कम्पनी नक्षत्र न्युजलाई बेचिसकेको छ । प्रतियोगिताका अधिकांश खेल नेपाल टेलिभिजनमा प्रत्यक्ष हेर्न पाइनेछ ।   

मंसिर २४ गते खेल समापन हुनेछ । सोही दिन विदेशी पाुहनाहरुलाई बिदाई गरिने छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *