कामना सेवा विकास बैंक अब्बल बैंक बन्न सफलः अर्थमन्त्री

कात्तिक २७, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले कामना सेवा विकास बैंकले छोटो अवधिमा राम्रो प्रगति गरी अब्बल बैंक बन्न सफल भएकोमा खुसी व्यक्त गरेका छन् ।   

बैंकको १३ औं वार्षिकोत्सव समारोहलाई संवोधन गर्दै अर्थमन्त्री खतिवडाले उक्त कुरा बताएका छन् । साथै  आगामी दिनमा बैंक बझै मजबुत हुदै जाने र देशको अर्थिक विकासमा टेवा पुराउने कुरामा आफू विश्वस्त रहेको बताए । उनले हाल देशमा ढुक्क भएर काम गर्ने व्यवसायिक वातवरण बनेको समेत बताए ।   

कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका कामु. गभर्नर चिन्तामणी शिवाकोटीले कामना सेवा विकास बैंकको सबै सूचकाङ्कहरु हेर्दा अब्बल विकास बैंक मध्येको एक बैंक भएको बताउँदै बैंकिङ क्षेत्रमा विभिन्न खाले जोखिम र चुनौतीहरु थपिंदै गएको हुँदा कर्मचारी तथा सञ्चालकहरु अत्यन्तै चनाखो भएर काम गर्न सुझाव दिए । 

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकको वर्तमान अवस्था र भावी योजना तथा रणनीतिको बारेमा प्रकाश पारेका थिए । बैंकका अध्यक्ष सुदिप आचार्यको अध्यक्षतामा सम्पन्न समुद्घाटन कार्यक्रममा सञ्चालक भिम प्रसाद तुलाचनले स्वागत तथा संस्थापक कृष्ण आचार्यले संस्थापकको तर्फबाट मन्तव्य व्यक्त गरेका थिए । 

अर्थमन्त्री खतिवडाले सफ्ट ओपनिङ गरी बैंकिङ कारोबार सञ्चालन गरेका ५२ वटा शाखा कार्यालयको समेत विद्युतिय माध्ययमबाट एकैसाथ औपचारिक उद्घाटन गरेका थिए । 

बैंकले वार्षिकोत्सवको उपलक्ष्यमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं लगायत विभिन्न शाखाहरुमा बृहत रक्तदान कार्यक्रम, अन्तरप्रदेश फुट्सल प्रतियोगिता, बृद्ध बृद्धाहरुको निःशुल्क आँखा जाँच तथा शल्यक्रियाको व्यवस्था, विभिन्न सरकारी विद्यालयमा अध्ययन गर्ने न्यून आय भएका परिवारका बालबालिकाहरुलाई स्कूल ब्याग तथा स्टेशनरी वितरण, बृक्षारोपण, सरसफाई, कवि शिरोमणी लेखनाथ आधारभुत विद्यालय र काठमाडौं स्थित प्रेम सागर फाउण्डेसनको “जनभोजन” कार्यक्रमको लागि आर्थिक सहयोग प्रदान गर्नुका साथै विभिन्न कार्यक्रमहरुको आयोजना गरेको थियो । 

साथै, सोही अबसरमा न्यून आय भएका परिवारका बालबालिका लागि पोषण युक्त खाना खुवाउने काम गर्दै आएको सामाजिक संस्था Food for Life Nepal लाई बैंकका कर्मचारीहरुका तर्फबाट “प्रति दिन १ रुपैयाँ” योजना अन्तर्गत प्रदान गरिएको एकमुष्ट रु. १ लाख १२ हजार ९० रुपैयाँको चेक हस्तान्तरण गरिएको थियो ।   

बैंकको हिजो २६ गते बसेको बैंक सञ्चालक समितिले आ.व. २०७५/०७६ को नाफाबाट ६.८० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरी अन्तिम स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय समेत गरेको छ । बैंकले देशका विभिन्न भागहरुमा १०३ वटा शाखा तथा ५१ वटा एटिएम मार्फत ग्राहकहरुलाई सेवाहरु प्रदान गर्दै आएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *