पञ्चाङ्ग र राशिफलः यस्तो छ आजको योगफल र तपाईँको भाग्य

कात्तिक १७, काठमाडौँ । आज मिति २०७६ साल कार्तिक १७ गते आइतबार, तदअनुसार नोभेम्बर ३ तारिख सन् २०१९ । शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। शरद ऋतु। ने.सं. ११४० कछलाथ्व। 

कार्तिक शुक्लपक्ष। सप्तमी, २९:१४ उप्रान्त अष्टमी। नक्षत्र– उत्तराषाढा, २८:०६ बजेउप्रान्त श्रवण। योग– धृति, १०:४० बजेउप्रान्त शूल। करण– गर, १६:४६ बजेदेखि वणिज, २९:१४ बजेउप्रान्त भद्रा। आनन्दादिमा अमृत योग। 

चन्द्रराशि– धनु, ९:०३ बजेउप्रान्त मकर। काठमाडौंमा सूर्योदय– ६:१६ बजे, सूर्यास्त– १७:१७ बजे र दिनमान २७ घडी २ पला। त्रिपुष्कर योग र सर्वार्थसिद्धि योग २८:०६ बजेसम्म। रवि–सप्तमी व्रत। 

null

तपाइको आजमेषबन्धु बान्धवबाट सहयोग मिल्नेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागीता भइएला । शिक्षामा सफलता मिल्नेछ । 

वृषप्रेमीप्रति चिन्ता बढ्नेछ । अनावश्यक ठाउँमा धन खर्च होला । परिवारको समस्याले सताउनेछ । सरकारी निकाएको भयपनि रहनेछ । 

मिथुनलगनशीलताले कामहरू अगाडी बढ्नेछन । शुभकार्यको चर्चा चल्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । प्रेम सम्बन्ध कसिनेछ । 

कर्कटमुद्धा मामिलामा सफलता पाईनेछ । नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । कार्य क्षेत्रमा सफलता पाईनेछ । 

सिंहसांगीतिक क्षेत्रमा रुची बढ्नेछ । अचल सम्पत्ती हात पर्ने योगछ । नयाँ कार्यको थालनी हुनेछ । घरमा अतिथीको आगमन हुनेछ । 

कन्याप्रेममा मनमुटाव आउनेछ । आफ्नो विचार विपरित निर्णय हुनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । वैदेशिक क्षेत्र कमजोर रहला । 

तुलाकुटुम्बको सहयोग मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । नयाँ कार्यको थालनी हुनेछ । 

वृश्चिकजोश,जाँगर र हिम्मत बढ्ला । कुटुम्बबाट विशेष सहयोग मिल्नेछ । नयाँ वस्त्र, अङ्कारको प्राप्ति हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । 

धनुनयाँ व्यक्ति संग भेटघाट हुनेछ । अचल सम्पत्ती हात पर्ने योगछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । 

मकरघर व्यवहारको समस्याले सताउला । व्यवसायमा मन्दी आउला । नाक तथा घाँटीमा समस्या आउला । गलत निर्णय लिनपुगिएला । 

कुम्भराज्यबाट सम्मान पाइनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । कार्यमा सफलता पाईनेछ । व्यापार व्यवसायमा औसत लाभ हुनेछ । 

मीनआज व्यापार व्यवसायमा सफलता मिल्नेछ । आदर्श ब्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्ला । महिला वर्गबाट सहयोगपनि मिल्नेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *