प्रधानमन्त्रीको उपचार गर्न बालुवाटारमै मेडिकल रुम बनाउने, महराको बहस सकियो, माथिल्लो त्रिशूली–१ मा ऋण लगानी सम्झौता


कात्तिक १६, काठमाडौँ । राजधानी काठमाडौँबाट प्रकाशन हुने राष्ट्रिय दैनिक पत्रपत्रिकाहरुको प्रन्ट पेजमा छठसम्बन्धी समाचार र निवर्तमान सभामुख कृष्णबहादुर महराको समाचार प्राथमिकताका साथ छापिएका छन् ।
आजको नयाँ पत्रिका दैनिकले अन्य पत्रपत्रिकाभन्दा फरक विषयलाई फ्रन्ट पेजको समाचार बनाएको छ । नयाँ पत्रिका दैनिकले ७७ वटा जिल्लाको सीडिओको रिपोर्टकार्ट, विद्यार्थीमाथि प्रहरीको लाठी चार्ज र प्रधानमन्त्रीको उपचार गर्न बालुवाटारमै मेडिकल रुम बनाउने तयारी शीर्षकमा समाचार मुख्य समाचारको रुपमा छापिएको छ ।
त्यसैगरी कान्तिपुर दैनिकले भेटघाट रोकेर आराम शीर्षकमा प्रधानमन्त्रीको स्वास्थ्य सम्बन्धी समाचार छापेको छ भने बढ्यो निर्यात शीर्षकमा समाचार छापिएको छ । त्यसैगरी रौतहटको बम विस्फोटको घटनासम्बन्धी समाचार आलमसहित ११ प्रतिवादी शीर्षकमा समाचार पनि फ्रन्ट पेजमा छापिएको छ ।
आजको अन्नपूर्ण पोटस्टले छठ सम्बन्धी समाचार र ओहदाको मर्यादा राखेको जिकीर शर्षकमा निवर्तमान सभामुख कृष्णबहादुर महराको समाचार फ्रन्ट पेजमा छापेको छ ।
त्यसैगरी आजको राजधानी दैनिकले महराको बहस सकियो, थुनछेक बहस आइतबार शीर्षकमा समाचार छापेको छ भने वत्तीय पहुँचमा वृद्धि शीर्षकमा समाचार छापिएको छ ।
त्यस्तै आजको गोरखापत्र दैनिकले कृष्णबहादुर महराको समाचारसँगै माथिल्लो त्रिशूली–१ मा ऋण लगानी सम्झौता शीर्षकमा समाचार फ्रन्ट पेजमा छापिएको छ ।
अन्य के कस्ता विषय आजको पत्रपत्रिकाको फ्रन्ट पेजमा छन् ? जस्ताको तस्तै
