योग गर्दा हुन्छ यती धेरै फाइदा

कार्तिक २५ । रोग लाग्नै नदिन के गर्नु पर्ला ? सही खानपान, आराम तथा सन्तुलित र स्वस्थ जीवनशैलीले हामीलाई चुस्त राख्ने गर्दछ । हिजोआज सबै उमेर समूह तथा वर्गका मानिसहरुले स्वस्थ रहन विभिन्न उपायहरु अपनाउने गरेका छन् । 

हुन त रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु श्रेयष्कर हो । त्यसका लागि योग सबैको निम्ती सहयोगी बन्न सक्छ । नियमित योग गर्नुका निकै फाइदाहरु छन् । तिमध्ये केही यहाँ उल्लेख गरिएको छ : 

शरीरको लचिलोपना : तपाइको शरीरलाई रबर जस्तै लचिलो बनाउन योगले मद्दत गर्दछ । चाहे तपाइ नाच्न होस् वा कुनै खेल खेल्न होस्, शरीरका अंगहरु लचकदार हुन आवश्यक हुने गर्दछ । त्यसका निम्ती योगले सहयोग गर्दछ । 

Image result for योग

मांसपेशी बलियो पार्छ : योगले हाम्रो शरीरको भित्री अंगदेखि बाहिरी सबैतिरको मांसपेशीलाई बलियो बनाउने काम गर्दछ । जसले ढाड दुख्ने, आथ्र्राइटिस, तथा बुढ्यौलीपनलाई कम गर्दछ । 

हाम्रो बस्ने आसनलाई निश्चित गर्छ : हामी प्राय गलत किसिमले बसिरहेका हुन्छौँ, जुन स्वास्थ्यको निम्ती हानीकारक हो । तर, निरन्तरको योगभ्यासले हाम्रो बस्ने, सुत्ने वा केही काम गर्ने सही आसनहरु निश्चित गर्न सघाउँछ । 

नशा तथा जोर्नीको समस्या हुन दिदैन : अहिले जो कोहीलाई पनि हाड, नशा तथा जोर्नीको समस्या भएको हामी देख्ने गर्छौँ । यो दिनानुदिन बढ्दै गइरहेको छ । यसको रोकथामको उपायमा वर्षौँको खोज अनुसन्धानको आधारमा यो निकै लाभदायक मानिन्छ । त्यस्तै, हाम्रो शुषुम्नालाई पनि तन्दुरुस्त राख्न योगले अहम् भूमिका खेल्ने गर्दछ । 

रक्तसञ्चारमा राहत हुन्छ : योगले हाम्रो रक्तसञ्चार प्रक्रियालाई समेत मजबुत बनाउँछ । किनकी यसले हरेक कोष कोषको साथै मुटु, फोक्सो, नशा, लगायत अंगहरुको सही अभ्यास भएको हुन्छ । 

रोगसँग लड्ने क्षमता बढाउँछ : जब हाम्रो शरीर खुम्च्याउने र तन्काउने गरिन्छ तब मांशपेशी कोष तन्तु चल्ने गर्छन् । जसले हाम्रो शुषुप्त प्रतिरक्षा प्रणालीका कोषहरुलाई सक्रिय बनाउन मद्दत गर्दछ । जसले सामान्यतया साधारण रोग लाग्ने सम्भावना कम गराउँछ भने असाध्य रोगको प्रवेशमा पनि गुणात्मक कटौती गर्दछ । 

मुटुरोग हुन दिँदैन, रक्तचाप सन्तुलित गर्छ : हामीभित्रैको शक्ति जगाउने भएकाले योगले मुटुरोग लाग्न दिँदैन भने सामान्य चिन्ता, डिप्रेशन लगायत रोगबाट टाढै राख्छ । ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित शोधले के देखायो भने केवल शवसान (सामान्य सुत्ने आसन) मात्रै ३ महिना गर्नाले मानिसको रक्तचापको समस्यामा उल्लेखनीय सुधार आयो । 

यौनशक्ति बढाउँछ : आजको अति व्यस्त जीवनशैलीको प्रभावले मानिसको यौन जीवन तनावपूर्ण बन्दै गएको छ । यसको समाधानको रुपमा योगले मूख्य भूमिका निर्वाह गर्न सक्छ । किनकी, सम्पूर्ण अंगहरुको अभ्यास हुने भएकाले महिलामा महिनावारी नियमित गराउने, पाठेघरलाई स्वस्थदेखि पुरुषमा प्रोस्टेटको समस्या हुन नदिने, शीघ्र स्खलन समाधान गर्ने अध्ययनहरुले देखाएका छन् । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *