सिद्धार्थ विजनेश ग्रुपका होटल रेष्टुरेन्टमा सांग्रिला बैंकका ग्राहकलाई १० प्रतिशत छुट

कात्तिक २८, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले सिद्धार्थ विजनेश ग्रुपका होटल रेष्टुरेन्टमा १० प्रतिशत छुट पाउने भएका छन् ।  सो सम्बन्धमा सांग्रिला डेभलपमेन्ट बैंक र सिद्घार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी बिच हिजो सम्झौता भएको छ ।   

सिद्धार्थ बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट कार्डवाहक तथा बैंकका ग्राहकवर्गहरुलाई सिद्घार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीको देशभर सञ्चालनमा रहेको होटल तथा रेष्टुरेन्टबाट प्राप्त हुने विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशत सम्मको छुट प्रदान गर्ने गरि सम्झौता भएको छ ।   

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका नायव महाप्रबन्धक अपूर्व प्रसाद जोशी र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले हस्ताक्षर गरे । 

यस सम्झौता अनुसार बैंकका ग्राहकहरुले सिद्घार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीको देशका विभिन्न स्थानहरुमा रहेको शाखा सञ्जालहरुबाट प्राप्त हुने खाना तथा आवास सम्वन्धी सेवामा विभिन्न छुट प्राप्त गर्न सक्ने बताइएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *