प्रधानमन्त्रीले भेटे बंगलादेशका राष्ट्रपतिलाई

कार्तिक २७, काठमाडौँ । बुधबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीले ब‌गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदसँग भेटवार्ता गरेका छन् । 

काठमाडौंको मेरियट होटलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा, उद्योग वाणिज्य तथा आपर्ति मन्त्री मातृका यादवसहित प्रधानमन्त्री ओलीले  राष्ट्रपति हमिदसँग भेटवार्ता गरेका हुन् ।   

चार दिने भ्रमणको लागि मंगलबार नेपाल प्रस्थान भएका राष्ट्रपति हमिदले यस अघी पूर्वप्रधानमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष  पुष्पकमल दाहाल “प्रचण्ड”, काँग्रेसका सभापति शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटवार्ता गरिसकेका छन् ।   

प्रधानमन्त्री र राष्ट्रपति हमिदको भेटमा  दुई देशको सम्बन्ध अझ प्रगाढ बनाउने सम्भावित विषयहरुमा छलफल गरेको बुझिएको छ। खासगरी व्यापार, पर्यटन, कृषि लगायत क्षेत्रमा बंगलादेशबाट नेपालले लिने लाभबारेमा कुरा भएको बताईएको छ । 

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरत पौडेलका अनुसार यस भेटपछि बुधबार नेपाल र बंगलादेशबीच केही विषयमा सम्झदारी र सम्झौता हुनेछ ।   

अब राष्ट्रपति हमिदले राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनलाई भेट्न जाने कार्यक्रम बतार्ईएको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनसँगको भेटपछी राष्ट्रपति हमिद उनको स्वागतको लागि राष्ट्रपति भण्डारीले आयोजना गरेको  रात्रिभोजमा सहभागी हुन साँझ ६ः३० बजे  दरबारमार्गस्थित होटल याक एण्ड यतीमा जाने कार्यक्रम रहेको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *