भारतविरुद्ध नेविसंघको प्रदर्शन, प्रधानमन्त्री ओलीको राजीनामा माग

कार्तिक २६, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले आज राजधानीका भारतविरुद्ध प्रदर्शन गरेको छ ।   

भारतले नेपालको विवादास्पद क्षेत्र कालापानीलाई समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि भारतविरुद्ध नेविसंघ काठमाडौंको आयोजनामा चाबहिलमा आज (मंगलबार) विरोध प्रदर्शन गरिएको हो ।   

८ बजेदेखि सुरु भएको प्रदर्शनमा विद्यार्थीहरुले ‘आऊ साथी सडकमा सबै जुटौँ राष्ट्रियता जोगाउन, बालुवाटार जोगाउन नसक्ने सरकारले कालापानी जोगाउन सक्दैन, हराएका सिमा स्तम्भ खोजी गर, लिपुलेक, लिम्पियाधुरा, कालापानी हाम्रो हो, नालायक सरकार मुर्दावाद, नेपाली एकता जिन्दावाद, सरकार कता हरायो राष्ट्रियता जोगाउन किन डरायो ?, केपी ओलीको राष्ट्रवाद हेरियो, राष्ट्रकै नक्सा फेरियो’ लगायत लेखिएका प्लेकार्डहरु बोकेका थिए ।   

भारतीय हस्तक्षेपविरुद्ध नेविसंघको प्रदर्शन

प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा समेत माग गरेका छन् । राष्ट्रियता जोगाउन प्रधानमन्त्री असफल भएको उनीहरुको आरोप छ ।   

भारतले केही दिन अघि जारी गरेको नक्साको विरोधमा अहिले राजधानी तातिएको छ । जनस्तरबाटै यसको बहस हुन थालेको छ ।   

राजनीतिक तहबाटै नेपालको भूभाग फिर्ता ल्याउन सरकारलाई विभिन्न दलहरुको सुझाव आइरहेको छ । सरकारले पनि लिपुलेक, लिम्पियाधुरा, कालापानी नेपालकै भएको निष्कर्ष निकालिसकको छ ।   

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *