भारत–चीनको लिपुलेकमा आँखा, पिलरमा प्रहरीलाई निषेध, भोज खुवाएर अस्पतालको अफरः एक बिरामी ल्याउनेलाई सात हजार कमिसन

कात्तिक २८, काठमाडौँ । राजधानी काठमाडौँबाट प्रकाशित हुने राष्ट्रिय दैनिक पत्रपत्रिकाहरुले फरक फरक विषयलाई आजको प्रमुख समाचार बनाएर छापेका छन् ।   

आजको अन्नपूर्ण पोस्टले भारत–चीनको लिपुलेकमा आँखा, पिलरमा प्रहरीलाई निषेध शीर्षकमा समाचार छापेको छ । त्यसैगरी अन्नपूर्णले प्रधानमन्त्री केपी शर्माओली र बंगलादेशका राष्ट्रपति बीचको भेटवार्ताको विषयमा काठमाडौँ ढाका सञ्जाल अपरिहार्य शीर्षकमा समाचार छापेको छ ।   

त्यसैगरी राजधानी दैनिकमा बनेन नेपाल–चीन अनुगमन संयन्त्र, सगरमाथाको उचाई र पिल्लर नम्बर ५७ को विषयमा अस्पष्टता शीर्षकमा समाचार छापिएको छ । त्यसैगरी बालबालिकामा श्वासप्रश्वास रोगको डरलाग्दो संक्रमण, सावधान निमोनियाले ज्यान जाला शीर्षकमा पनि राजधानी दैनिकले समाचार छापेको छ ।   

आजको नयाँ पत्रिका दैनिकले एम्बुलेन्सचालकलाई भोज खुवाएर अस्पतालको अफरः एक बिरामी ल्याउनेलाई सात हजार कमिसन शीर्षकमा समाचार छापेको छ । त्यसैगरी नेपाल समाचार पत्रले पदम ज्योतिलाई वारेन्ट, रुप ज्योतिलाई खोर शीर्षकमा सामाचार छापेको छ । पत्रपत्रिकाको फ्रन्ट पेजमा छापिएको अन्य समाचार यस प्रकार छ ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *