दुर्घटनामा नेकपाका नेताको मृत्यु

मंसिर १०, राँझा । सुर्खेतबाट नेपालगञ्जतर्फ आउँदै गरेको क१प १०६ नंको मोटरसाइकल सोमबार राति बाँकेको चिसापानीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीमा मोटरसाइकल दुर्घटना हुँदा जुम्ला तातोपानी गाउँपालिका–४ का मनिकेश गौतमको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक पविन्द्र बमले जानकारी दिए । 

उनका अनुसार सोमबार राति करिब ८ः०० बजेतिर मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक गौतमको घटनास्थलमै मृत्यु भएको थियो । गौतम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जुम्लाका स्थानीय नेता हुन् । रासस 

Image result for दुर्घटनामा मृत्यु

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *