समुद्रशास्त्र अनुसार यस्ता गुण भएका युवती हुन्छन् धेरै भाग्यमानी

कार्तिक १९ ।  हाम्रो समाजमा अहिले पनि शास्त्रीय मान्यतालाई अहिलेसम्म सत्य मानिन्छ । शास्त्रमा मानवीय जीवनका विभिन्न पक्षबारे वर्णन गरेको पाइन्छ । समुद्रशास्त्रमा शारीरिक अंगको बनावट तथा रुप रेखा हेरेर कुनै पनि ब्यक्तिको भाग्य, गुण र जीवनका विभिन्न पक्षबारे वर्णन गरिएको छ । 

जसकै आधारमा कुनै व्यक्तिको भविश्यबारे पनि बताइन्छ ।शिव पुराणमा कुमार कार्तिकेयले मानिसमा यस्ता गुण बताएका छन् जुन गुण हुने ब्यक्ति सौभाग्यशाली, भाग्यमानी र शुभ फल प्राप्त गर्छन् ।उक्त पुराणमा भाग्यमानी कन्यामा हुने यी गुणबारे उल्लेख गएिको छ । 

त्यस्ता युवतीसँग विवाह गर्ने पुरुष पनि धेरै भाग्यमानी हुने पुराणमा उल्लेख छ । 

Related image

१. समुन्द्र शास्त्र अनुसार जुन युवतीको अनुहार पितासँग मिल्छ त्यस्ता युवती भाग्यमानी हुन्छन् । उनीहरुले जीवनमा सुखभोग गर्ने र चाहेको कुरा प्राप्त गर्ने उक्त शास्त्रको दावी छ । त्यस्तै आमासँग अनुहार मिल्ने युवक पनि भाग्यमानी मानिन्छन् । 

२. कालो कपाल भएका र आगाडितिर झुकेको कपाल हुने युवती भाग्यमानी हुने समुद्र शास्त्रमा उल्लेख छ । चिल्लो, कोमल र मुलायम कपाल भएका कन्यालाई उत्तम मानिएको छ । 

३. गोलो र चिल्लो तथा आकर्षक अनुहार भएका युवती पनि भाग्यमानी हुन्छन् । 

४. जुन युवतीको शिरको अगाडीको भाग उठेको छ त्यस्ता युवती धनी र वैभवशाली हुने मानिन्छ । 

५. सिन्दुर लगाउने स्थान सिधा र उठेको छ भने त्यस्ता युवती पनि भाग्यवती मानिन्छन् । 

६.  आँखीभौं जोडिएका युवतीलाई विश्वास गर्न नसकिने समुन्द्र शास्त्रको भनाइ छ । आँखीभौं धनुष जस्तै झुकेको भए यस्ता युवतीलाई भाग्यमानी मानिन्छ । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *