‘सभामुखज्यू, पदबाट अलग भएर छानबिनमा सघाउनुस्’

असोज १४, बुटवल । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले सभामुख कृष्णबहादुर महरामाथि लागेको आरोपको निष्पक्ष छानविन हुनुपर्ने बताएका छन् ।   

आज (मंगलबार) रुपन्देहीको बुटवलमा आयोजित साक्षात्कारमा नेता थापाले सभामुख महरालाई पदबाट अलग भएर बस्न तथा आरोपको निष्पक्ष छानविनमा सहयोग पुर्याउन आग्रह समेत गरे ।   

‘सभामुखजस्तो गरिमा बोकेको पद सम्हालेको व्यक्तिमाथि जुन आरोप लागेको छ, यसले संसदको गरिमामाथि नै प्रश्न खडा गरेको छ । यो आरोप हो या सत्य हो निष्पक्ष छानविन हुनुपर्छ । सभामुखज्यूले पदबाट अलग भएर छानविनमा सहयोग पुर्याउनुपर्छ’, नेता थापाले भने ।   

Image result for गगन थापा

उक्त घटना प्रहरी सत्ता र शक्तिबाट प्रभावित हुन नहुने भन्दै नेता थापाले सभामुख दोषी भेटिए कानून अनुसार कारवाही हुनुपर्ने बताए । विज्ञप्ति जारी गरेर मात्रै नहुने उनको भनाइ छ ।   

सोमबार सभामुख कृष्णबहादुर महरामाथि संसद सचिवालयकै एक महिला कर्मचारीले यौन दुर्व्यवहारको गम्भीर आरोप लगाएकी थिइन् ।   

तीनकुनेस्थित कोठामा आएर उनले आइतबार राति मदिराले मातेको सुरमा दुर्व्यवहार गरेको ती महिलाको दाबी छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *