बा बिनाको दशैं

  

बा तिमी बिनाको दशैं खल्लो छ 

बा बिनाको दशैंको गाढा टीका 

तिहारको सप्तरंगी 

तीजको दर 

माघे संक्रान्तिको तिलौरी र चाकु 

सबै बिल्कुल खल्लो छ ।। 

बरु स्वादिलो लाग्छ माकुराको जालो झैं अल्झिएका बा का यादहरु 

बाको कोट अझै घरमा छ 

तर छैन त्यो न्यानो मखमली माया 

बाको टोपी त्यही टीभि कोठाको माथि छ 

छैन बालाई देख्ने सङ्लो दृष्टि 

  

बा हुँदा लाग्थ्यो 

यी आँखाका मूलमा बलियो बाँध लागेको छ 

बा गएदेखि लागिरहेछ 

यो शहरको तमाम धूलो धुँवा 

सबै मेरै आँखामा आउँछन् र बिझाउँछन् 

  

यदि आँसुले स्वर्गको र्भयाङ बन्दो हो त 

म भेट्थेँ बालाई र भन्थेँ   

आउ न बा, 

तिम्रो हालको औंला मेरा निदारमा 

आर्शिवाद र जमरा फेरि लगाउन मन छ ।। 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *