अछामको कमलबजार नगरपालिकामा बम विस्फोट

असोज ३, काठमाडौं । अछामको कमलबजार नगरपालिकामा बम विस्फोट भएको छ ।   

गएराति पौने १ बजे नगरपालिका कार्यालयमा अज्ञात समूहले प्रेसरकुकुर बम विस्फोट गराएको प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए।   

नेत्रविक्रम चन्द विप्लव समूहले बम विस्फोट गराएको हुनसक्ने प्रहरीको आशंका छ । यद्यपी बम कसले विष्फोट गराएको हो भन्ने खुलेको छैन । विप्लव समूहले पनि अहिलेसम्म जिम्मेवारी लिएको छैन ।   

विष्फोटबाट ठूलो क्षति भने नभएको बताइएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *