मौसमः तीन दिन भारी वर्षा हुने, पहाडी भू-भागमा पहिरोको सम्भावना

भदौ, २० काठमाडौँ । मनसुनी न्यून चापीय रेखा औसत स्थान आसपास अवस्थित छ र अति नै सक्रिय छ साथै उत्तर ओडीशा र पश्चिम बंगाल  आसपास न्युन चापीय प्रणाली बनेको छ  । 

देशभर आंसिकदेखि सामान्य बदली भई मध्य र पश्चिम भूभागका केहीस्थानहरुमा हल्कादेखि मध्यम  वर्षा भईरहेको छ। देशभरी  सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन/चट्टयांगसहित वर्षाका साथै मध्य र पश्चिमका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।  

यसको प्रभावले पहाडि भूभागमा पहिरोको  जान सक्ने , हवाई तथा सडक यातायातमासमेत सामान्य अवरोध आउन सक्ने साथै  नदिमा पानिको वहाव बढ्न सक्ने भएकोले सतर्कता अपनाउनु पर्ने जल तथा मौसम पूर्वानुमान महासाखाले जनाएको छ । 

null

आगामी तीन दिनको मौसम पूर्वानुमान   

भाद्र २० गते (शुक्रबार) 

दिउँसोः देशभरी आंसिकदेखि सामान्य बदली रही पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। 

रातिः देशभरी सामान्य बदली रहीकेही स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। साथै पश्चिमि पहाडी भेगका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।   

भाद्र २१ गते (शनिबार) 

दिउँसोः देशभरी आंसिकदेखि सामान्य बदली रही पहाडी भेगका केहि स्थानहरुमा मेघ गर्जनरचट्टयांगसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। 

रातिः देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। साथै मध्य र पश्चिमि पहाडी भेगका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।   

भाद्र २२  गते (आइतबार) 

दिउँसोः देशभरी आंसिकदेखि सामान्य बदली रही  थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। 

रातिः देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्कादेखि मध्यम वर्षा हुनेछ। साथै पश्चिमि र मध्य भेगका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ l 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *