सभापति देउवासँग अमेरिकी राजदूत बेरीको भेट, के भयो छलफल ?

२०७६ असोज ९ गते

असोज ९, काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्यान्डी डब्ल्यु बेरीले शिष्टाचार भेटवार्ता गरेका छन् ।
सभापति देउवा निवास बूढानीलकण्ठमा आज भएको भेटवार्तामा उनीहरुबीच समसामयिक राजनीति र द्विपक्षीय आपसीहितका विषयमा छलफल भएको सभापति देउवाका सहयोगी भानु देउवाले जानकारी दिए ।
भेटमा उनीहरुबीच द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने र दुई देशबीचको दशकौं देखिको विकास साझेदारी अझ प्रभावकारीरुपमा अघि बढाउनेलगायत विषयमा छलफल भएको थियो । रासस

२०७६ असोज ९ गते
प्रतिक्रिया
सम्बन्धित