सल्यानमा पिकअप भ्यान दुर्घटनाः एकको मृत्यु, ६ जना घाइते

असोज १०, सल्यान । सल्यानमा पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।   

कपुरकोट गाउँपालिका–४ किमिचौरस्थित सडकमा लु१च ४१५३ नम्बरको पिकअप भ्यान अनियन्त्रित हुँदा उक्त दुर्घटना भएको हो । भ्यान बाटोबाट करिब २५ मिटर तल खसेको थियो ।   

मृत्यु हुनेमा सल्यान कपुरकोट गाउँपालिका–४ किमिचौर बस्ने ६७ वर्षीय कमी पुन रहेका छन् । दुर्घनामा गम्भीर घाइते भएका उनको अञ्चल अस्पताल तुल्सिपुर दाङमा उपचारका क्रममा मृत्यु भएको हो । 

Image result for दुर्घटना

दुर्घटनामा घाइते भएका अन्य ६ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *