भदौ २८: आजको पञ्चांग यस्तो छ

२०७६ भदौ २८ गते

भदौ २८, काठमाडौँ । वि.सं. २०७६ भदौ २८। शनिबार। इ.स. २०१९ सेप्टेम्बर १४। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। वर्षा ऋतु। ने.सं. ११३९ ञलाथ्व। भाद्र शुक्लपक्ष। पूर्णिमा, ८:४१ उप्रान्त प्रतिपदा। नक्षत्र– पूर्वभाद्रपदा, २२:४७ बजेउप्रान्त उत्तरभाद्रपदा। योग– शूल, २२:२७ बजेउप्रान्त गण्ड। करण– वव, ८:४१ बजेदेखि वालव, २१:४६ बजेउप्रान्त कौलव। आनन्दादिमा काल योग।
चन्द्रराशि– कुम्भ, १६:०८ बजेउप्रान्त मीन। काठमाडौंमा सूर्योदय– ५:४८ बजे, सूर्यास्त– १८:०९ बजे र दिनमान ३० घडी ० पला। पञ्चक। येँ पुन्ही। वंगया–मंगया। काठमाडौं दहचोकस्थित इन्द्रदह–स्नान। भक्तपुरको सिद्धपोखरीमा मेला। सोह्रश्राद्ध सुरु। प्रतिपदा श्राद्ध। प्राणनाथ–छत्रशाल मिलाप–दिवस। चेपाङहरूको चोनाम पर्व।

२०७६ भदौ २८ गते
प्रतिक्रिया
सम्बन्धित