कतारमा नेपालीमाथि सांघातिक आक्रमण, १ को मृत्यु, ५ जना घाइते

साउन ३०, काठमाडौँ । कतारको राजधानी दोहामा रहेको जैदा पार्कमा नेपालीमाथि सांघातिक आक्रमण भएको छ । आक्रमणमा परि एक जना नेपालीको ज्यान गएको छ भने ५ जना नेपाली घाइते भएका छन् । गत मंगलबार भएको आक्रमणमा सुनसरीका तबरेज अन्सारीको मृत्यु भएको कतारको दोहास्थित नेपाली राजदूतावासले एक प्रेस विज्ञप्ति जारी गरी जानकारी गराएको छ । 

राजदूतावासका अनुसार मृतक अन्सारीको घटनास्थलमै मृत्यु भएको हो । मृतक अन्सारीको शव घटनाको आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि हमाद अस्पतालको शव गृहमा राखिएको राजदूतावासले जनाएको छ । 

आक्रमणका घाइतेमध्ये इब्राहिम अन्सारी र नौसाद अन्सारीको हमाद अस्पतालमै उपचार भइरहेको र उनीहरुको अवस्था खतरा मुक्त रहेको पनि राजदूतावासले जनाएको छ । 

null

राजदूतावासका अनुसार अकबर मिया र महसुद अन्सारी स्थानीय प्रहरीको नियन्त्रणमा रहेको भएपनि नेपाली राजदूतावासको टोलीको पहलमा रिहा हुनु भएका छन् । घाइतेहरु सबै सुनसरीकै बासिन्दा रहेकोसमेत दूतावासको विज्ञप्तिमा उल्लेख छ । 

मृतक र घाइतेहरुको विस्तृत विवरण परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित परिवारलाई उपलब्ध गराइने दूतावासले जनाएको छ । घटनामा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएर स्थानीय कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाएको छ । 

यस प्रकारका घटनालाई मध्यनजर गरी अनावश्यक भिडभाड हुने क्षेत्रमा अन्यावश्यक कामबाहेक नजान र जानै पर्ने भएमा आवश्यक सतर्कता अपनाउन कतारमा रहेका नेपाली नागरिकलाई आग्रह राजदूतावासले आग्रह गरेको छ । राजदूतावासले जारी गरेको विज्ञप्ति  

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *