नक्कली नोट छाप्ने मेसिन र नक्कली नोटसहित ४ जना पक्राउ

साउन २४, धनगढी । नक्कली नोट छाप्ने मेसिन र नक्कली नोटसहित पक्राउ परेका ४ जना जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ । 

कैलालीको चुरे गाउँपालिका १ का खगेन्द्र बम, भोजबहादुर बम, धनगढी उपमहानगरपालिका ३ का पल्लपराज भट्ट र महोत्तरीको बर्दिवास नगरपालिका ६ का गोकुलबहादुर खड्कालाई प्रहरीले मेसिन र नक्कली नोटससहित प्रहरीले पक्राउ गरेको थियो । 

पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीले सदरमुकाम धनगढीमा शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । उनीहरुको साथबाट ५ सय दरका ४ थान र १ हजार दरका ६८ थान नक्कली बरामद गरिएको पत्रकार सम्मेलनमा कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । 

null

उनले नक्कली नोट कारोबारमा संलग्न ३ जनालाई धनगढी र एक जनालाई काठमाण्डौँबाट पक्राउ गरिएको बताए । २ साताअघि पनि प्रहरीले धनगढीबाटै ४० हजार ९ सय नक्कली भारतीय रुपैयाँसहित भारतीय नागरिक गुरुजित सिंह, श्रवण सिहं र कैलारी गाउँपालिका ५ का छेदुराम डगौंरा चौधरीलाई २१ हजार नेपाली नक्कली नोटसहित पक्राउ गरेको थियो । 

नेपाली र भारतीय नक्कली नोटको कारोबारमा ठूलै गिरोह संलग्न रहेको प्रहरीको आशंका रहेको छ भने उनीहरुका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएकोछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *